रौतहटमा स्वास्थ्यकर्मीमाथि आक्रमण



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको राजपुर नगरपालिका स्थित क्वारेन्टिनमा खटिहेका स्वास्थ्यकर्मीमाथि क्वारेन्टिनमा बसेकाहरुले आक्रमण गर्नुका साथै स्वास्थ्यकर्मी चढ्ने सवारीसाधन समेत तोडफोड गरेका छन ।
क्वारेन्टिनमा बस्ने बिरामीको आरडिटी परीक्षणको रिपोट पोजिटिभ आएपछि उनीहरुले स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए ।
आक्रमणबाट सहायक नगर स्वास्थ्य संयोजक रामनरेस साह र अर्का स्वास्थकर्मी खुुर्सिद आलमको टाउकोमा चोट लागेको छ ।


उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार भइरहेको नगर स्वास्थ्य संयोजक रवीन्द्र कुमार झाले जानकारी दिए ।

क्वारेन्टिनमा बस्नेहरुले स्वास्थ्यकर्मी चढने तीनवटा मोटर साइकलमा समेत तोडफेोड गरेको संयोजक झाले जानकारी दिए । रौतहट प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button