जलाउन लागेको शंकास्पद शव प्रहरी नियन्त्रणमा



मेरो प्रदेश सम्वाददाता
रौतहट


रौतहट प्रहरीले जलाउन लागेको एकजना महिलाको शव बरामद गरेको छ ।

प्रहरीले शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षकी सस्मा कुमारीको शव नियन्त्रणमा लिएको
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रहरीले मृतकका श्रीमान मुकेश पण्डितलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरीरहेको बताईएको छ । महिलाको मृत्युपछि घरका अन्य सदस्यहरु फरार रहेका छन् । माइती पक्षलाई जानकारी नै नदिएर दाह सँस्कार गर्न लागेको भन्दै मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button