पछिल्लो परीक्षणमा महोत्तरीमा कोरोना भाइरसको संक्रमितको संख्या ९ ,,कुल संक्रमितको संख्या ४० पुग्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा पछिल्लो परीक्षणमा कोरोना भाइरसको संक्रमितको संख्या ९ पुगेको छ । महोत्तरीको मटिहानी नगरपालिकामा बुधबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मटिहानी नगरपालिका वडा नम्बर ६ का ७ जना पुरुष, वडा नम्बर ९ का एकजना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नम्बर २ का एकजान महिला गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

बुधबार संक्रमित भएकासबैजना भारतको मुम्बई, दिल्ली, गुजरात र अमानाबादबाट फर्किएका हुँन भारतबाट फर्किएपछि उनीहरुलाई १४ दिनपछि क्वारेन्टाइनमा राखिएको थियो ।

गएको जेठ १४ गते संक्रमित सबैजनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको मेयर मण्डलको भनाइ छ । योसंगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ४० पुगेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button