सर्लाहीमा प्रहरी जवानसहित एकैदिन थपिए २१ जना कोरोना संक्रमित



सर्लाहीमा प्रहरी जवानसहित एकैदिन २१ जना कोरोना संक्रमित थपिएको छ । ब्रम्हपुरी गाउँपालिकामा एक महिला सहित १२ जना र बलरा नगरपालिकाकामा एक प्रहरी जवानसहित ९ जना गरी २१ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।


केहि दिन पहिला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ब्रह्म्पुरी र बलराको स्वाब पठाइएको थियो र आज एकैदिन २१ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । ब्रह्म्पुरीमा मात्र वडा नं.४ त्रिभुवननगरमा एक महिला सहित ३ जना, वडा नं. ६ पिपरामा ३ जना र वडा नं. २ ब्रह्म्पुरीमै ६ जनामा कोरोना संक्रमण देखिएको ब्रह्म्पुरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र राउतले जानकारी दिए । यस अघि पनि ब्रह्म्पुरी गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको थियो। यो सँगै ब्रह्म्पुरीमा मात्र कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको स्वास्थ्य शाखा प्रमुख राउतले बताए ।

त्यस्तै बलरा नगरपालिका वडा नं. २ हथियौलमा १ जना, वडा नं. ३ लक्ष्मीपुरमा १ जना, वडा नं. ४मा रहेको प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानमा, वडा नं. ६ मा १ जना, वडा नं. ९मा ३ जना र वडा नं. १० सुदामामा २ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको बलरा नगरपालिकाका नगर प्रमुख अभय सिंहले जानकारी दिए ।

यसैगरी बलरामा संक्रमित भएको प्रहरी जवान कुन जिल्लाको हो भन्ने जानकारी प्राप्त भैइनसकेकोले थप विवरण बुझन कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए । हिजो पनि कविलासी नगरपालिका स्थित रहेको प्रहरी चौकीमा कार्यरत एक जना प्रहरीको आरडिटी टेष्ट पोजेटिभ आएको थियो । आज थपिएको कोरोना संक्रमित सहित सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ सय ३१ पुगेको छ । सर्लाहीमा हिजो मात्र एकै दिन ३८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

राजधानी  दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button