पछिल्लो कोरोना परीक्षणमा थप २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि ,,सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९९ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडा


नेपालमा गरीएको पछिल्लो कोरोना परीक्षणमा थप २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

यो संगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९९ पुगेको छ । संक्रमितहरु रौतहटका ३८,जना स्याङ्जाका ५, जना पर्वतका ५,जना सप्तरीका १,जना बर्दियाका ३,जना बाँकेका १७, जना सुर्खेतका २७,जना दैलेखका ९ जनामा संक्रमण देखिएको छ । यस्तै, सल्यानका १८,जना अछामका १०, जना बाराका १, जना दाङका १७, जना प्युठानका १, जना कन्चनपुरका ८, जना कैलालीका १०, जना धनुषाका ६, जना महोत्तरीका २ जनामा संक्रमण भेटिएको छ । भक्तपुरका १, जना धादिङका १,जना कपिलवस्तुका १६, जना काठमाडौंका ४, जना नवलपरासी पूर्वका १,जना नवलपरासी पश्चिमका १, जना नुवाकोटका २,जना रुपन्देहीका १० जना सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ ।

उहाँका अनुसार ४५ जना उपचारपछी डिस्चार्ज भएका छन् । डिस्चार्ज हुँनेमा मकवानपुरका १, जना गुल्मीका १, जना स्पन्देहीका १६, जना कपिलबस्तु ९, जना सुनसरीका १, जना झापाका १७ जना निको भएर डिस्चार्ज भएका हुन् ।

योसँगै कुल २ सय ६६ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा एक लाख ४५ हजार ३ सय ७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८ सय २५ रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button