तीनमहिने जुम्ल्याहा बालिका र सुत्केरी कोरोना संक्रमित



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
रौतहटको ईशनाथ नगरपालिकामा दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छा ।


भारतको दिल्लीबाट केही दिन अघि आएका वडा २ को एक दम्पतीको दुईजना जुम्ल्याहा बालिका र सुत्केरी महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको नगर स्वास्थ संयोजक ईसराजुल खानले जानकारी दिएका छन् ।

रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आइसोलेसनमा जुम्ल्याहा र सुत्केरीको उपचार भइरहेको र तिनैजनाको अवस्था सामान्य रहेको छ त्यसैगरी परिवारका तिनजना संक्रमित भएपनि जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ रहेको छ

कोरोना भाइरस संक्रमितको स्थानमनमा ईशनाथ नगरपालिका जिल्लाकै दोस्रो स्थानमा रहेको छ । ईशनाथ नगरक्षेत्र अन्तरगत ६८ जना संक्रमित भेटिएका छन् ।

जिल्लामै पहिलो संक्रमित मदर्सा टोलका १९ बर्षिय युवा नारायणी अस्पताल बिरगंजबाट कोरोना संक्रमण मुक्त भएर आइसकेका छन् ।

बाँकी ६७ जना संक्रमितको प्रहरी विद्यालय र गौरस्थित नर्सिङ क्याम्पसमा निर्मित आइसोलेसनमा उपचार भइरहेको नगर प्रमुख सन्तोष मेहताले जानकारी दिएका छन् ।

मंगलबार बिहान सम्म रौतहटमा कुल दुईसय ३५ जना कोरोना भाईरस बाट संक्रमित पुष्टि भएका छन । जिल्लाको १८ वटै स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको संख्या ८ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button