जनकपुरबाट पेस्तोलसहित एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका(८ भ्रमपुरा बस्ने २१ वर्षीय अजिजुत राईन रहेका छन ।
ज.४ प. ३९३३ नम्बरको मोटरसाइकलमा सवार रहेका राईनलाई जनकपुरधाम उपमहानगरपालिकाको बेल्ही चोकस्थित तेतरीया बजार नजिकैबाट प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।


राईनको साथबाट पेस्तोलमा लाग्ने म्यागजिन ३ थान, पाँच राउण्ड गोलीसहित एक चक्कु बरामद भएकोे बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button