महोत्तरीको बर्दिवासमा रुखबाट लडेर एक जना घाइते



राधाकृष्ण शर्मा
बर्दिवास
महोत्तरीको बर्दिवासमा रुखबाट लडेर एक जना घाइते भएका छन् ।
घाइते हँुनेमा बर्दिवास नगरपालिका वडा नं ८ हात्तिलेट घर भएका अन्दाजी ३५ बर्षीय तेज बहादुर थापा रहेका छन् । थापा आइतबार मध्यान्न दाउरा काट्न घर नजिकैको बनमा गएका थिए । बनमा रुखमा चढेर दउरा काट्ने क्रममा लडेर घाइते भएको आफन्तले जनाएका छन् ।
घाइते थापाको धनुषाको लालगढ स्थित मोडेल अस्पतालमा उपचार भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button