सरकारले किसानलाई रासायनिक मलमा भन्सार छुट दिने

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले किसानलाई रासायनिक मलमा भन्सार छुट दिने भएको छ ।
कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा कुनै पनि भन्सार नलाग्ने भन्सार विभागले जनाएको छ ।
तर औद्योगिक प्रयोजनको लागि आयात गरीने रासायनिक मलको भने भन्सार लाग्नेछ ।
भन्सार विभागका अनुसार कतिपय रक्सी कम्पनी तथा अन्य उद्योगहरुले पनि युरिया सहितका मलको खपत गर्छन् । त्यसमा भने भन्सार लाग्नेछ ।
विभागले किसानहरुलाई अलमलमा नपर्न आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०७७ ,,७८ मा युरिया मलको अनुदानका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, भन्सार विभागले विद्युतीय चुलोमा चालु आर्थिक वर्षमा १५ प्रतिशत भन्सार तोकेको थियो । लकडाउनको अवधिमा दुई महिनाका लागि यस्तो चुलोमा लाग्ने भन्सार शून्यमा झारिएको थियो । १५ जेठ पछि पुनः १५ प्रतिशत भन्सार लगाइएको छ ।
तर आगामी आर्थिक वर्ष सुरु भएपछि भने विद्युतीय चुलो (इन्डक्सन) मा लाग्ने भन्सार ५ प्रतिशत घटाएर १० प्रतिशत कायम गरिएको छ ।