प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ सय ९ पुग्यो



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्बर–२ मा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।


प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा २१, जना रौतहटमा २९ जना सर्लाहीमा १० जना गरी ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटका संक्रमति मध्ये दुर्गा भगवतीस्थित क्वारेन्टाइनका ८ जना, मदरसामा रहेको क्वारेन्टाइनका १० र गौरस्थित क्वारेन्टाइनका ११ जना छन् ।

त्यस्तै धनुषामा संक्रमित भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालामा रहेको क्वारेन्टाइनका ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका छन् ।

त्यस्तै सर्लाहीका संक्रमितहरुमो हरीपुर नगरपालिकाका ७ र बहम्पुरी गाँउपालिका स्थित क्वारेन्टाइनका ३ जना रहेका प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिब डा. राम प्रसाद घिमिरेले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button