नेपालमा थप १ सय ६६ जनामा कोरोना पुष्टि, कुल संक्रमित सङ्ख्या १ हजार ५ सय ६७ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा
पछिल्लो परीक्षणमा थप १ सय ६६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ६७ पुगेको छ । क्वारेन्टाइनमा एक लाख १९ हजार १ सय ९२ जना रहेका छन् । आइसोलेसनमा एकहजार ३ सय ४९ जना रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल २ सय २० जना छन । डिस्चार्ज हुनेमा १ सय ७२ पुरुष र ४८ महिला छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button