लकडाउनलाई सरकारले निरन्तरता दिएपछि साना व्यवसायीहरु मर्कामा



राधाकृष्ण शर्मा
बर्दिवास
कोरोना माहामारी रोकथामकालागी गत चैत्र ११ गते देखि गरिएको लकडाउनलाई सरकारले निरन्तरता दिएपछि साना व्यवसायीहरु मर्कामा परेका छन् ।
पुन ः सरकारले जेष्ठ मसान्तसम्म लकडाउनलाई जारीराख्ने घोसणा गरेपछि बिहान बेलुका कसरी हात मुख जोड्ने भन्नेकुराले दिएपछि साना व्यवसायीहरु पिरोलीएका हुन् ।
हप्तैभरी बिभिन्न स्थानिय हाट बजारमा गएर कस्मेटिकका सामान बिक्री गरेर जिबिकोपार्जन गरिरहेका महोत्तरी बर्दिबास नगरपालिका का रामकासी ठाकुरले लकडाउन भएदेखिनै सामान बेच्न नपाएर हात मुख जोर्न निकै कठिन भएको बताउनु भयो ।
“नगरपालिकाले दिएको राहत सोरुप चामल दाल पनि सकियो सरकारले फेरी लकडाउन थपेको छ , अब कसरी घर चलाउने के खाएर बाँच्ने ” ठाकुरले भन्नुभायो ।


बर्दिबास नगरपालिकाको बर्दिबास बजार , सिन्धुलीको भिमान बजार , धनुषाको बडहरी बजार लगाएतका बजारमा गएर कस्मेटिकका सामान बेचेर जिबीका चलाउँदै आएका बर्दिबासकै अर्का कस्मेटिक व्यवसायी रीता साहको पिडा पनि उस्तै छ ।
“कस्मेटिक बेच्नु बाहेक आर्थिक उत्पादनको अरुकुनै सो्रत नभएकोले बाल बच्चा पाल्न निकै सकस परिरहेको छ ,अरुकुनै विकल्प पनि छैन” कस्मेटिक व्यवसायी साहले भन्नुभयो ।
अब लकडाउन खुल्ला भन्ने साना व्यवसायीहरुको ठुलो आश थियो । तर सरकारले लकडाउनलाई फेरि बढाएपछि उनिहरुको जीवनयापन अझै कस्टकर हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button