गुट्खासहित ट्रक बरामद



मेरो प्रदेश सम्वाददाता
रौतहत
रौतहट प्रहरीले गौर स्थित तैयब नसिंंगहोम अगाडी बाट १५ लाख मुल्य बराबरको गुट्खासहित एउटा ट्रकलाई पक्राउ गरेको छ ।


प्रहरीले विशेष सूचनाको आधरमा खाद्यान्न ढुआनीको ब्यानर लगाएर कपिलबस्तुको चन्द्रौटाबाट पानकिंग गुट्खा ल्यार्ई गोदाममा राख्न लगिरहेको लु २ ख नम्बरको ट्रकसहित १५ लाख मूल्य बराबरको गुट्खा र ट्रक चालक गणेश गैरेलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन् ।

बरामद गुट्खा स्थानीय ब्यापारी अरुण अग्रवालको रहेको र आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button