नेपाल–भारत सीमामा भारतीयद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास पछी हवाई फायर



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको विष्णु गाउँपालिका– पकडीस्थित नेपाल ,भारत दशगजा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । झडपको क्रममा कुनैपनी मानवीय क्षति भएको छैन ।


भारतीय नागरिकहरुको ३०–४० जनाको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । भारतीय समूहले हुल बाँधेर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि प्रहरीको टोलीले एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरीका प्रवक्ता प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।
हवाई फायरपछि भारतीय समूह तितरवितर भई स्थिति अहिले सामान्य बनेको छ । सो क्षेत्रमा अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button