सिरहामा थप ११ जनामा कोरोना सङ्क्रण पुष्टि, संक्रमितको संख्या २५ पुग्यो



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा कुल सङ्क्रमित हुनेको सङ्ख्या २५ पुगेको छ । जिल्लामा शनिाबार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै कुल सङ्क्रमित हुनेको सङ्ख्या २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ ।


शनिबार लहान नगरपालिकाको श्री जेएस मुरारका क्याम्पसमा रहेको क्वाराइनटाइनमा तीन जना,लहान ११ पडरियाको जनता माविमा रहेको क्वारेनटाइनमा पाँच जना धनगडीमाई नगरपालिकामा दुई जना र कल्याणपुर नगरपालिकामा एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी यस अघि १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २५ पुगेको स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

शनिबार फेला परेका ११ जना सङ्क्रमितहरूलाई धनगडीमाई नगरपालिका ११ मा रहेको महेन्द्र गेनाई प्रसुति अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । संक्रमितहरु एक जना साउदीबाट आएको, दुई जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी र बाँकी सबै भारतबाट आएका युवा रहेका छन् ।

सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लकडाउनमा कडाइ गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button