सिटीइभिटीको भवनमा एकसय बेडकाे आइसोलेसन कक्ष बन्दै



धनुषा
कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन बेड भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ ।


धनुषा जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय गर्दै त्यसका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सेनाले आइसोलेसन निर्माणको कार्य शुरु गरिसकेको र आज रातिसम्म कोरोनाको सङ्क्रमित बिरामीलाई लगेर राख्ने तयारी भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकरी शरदकुमार पोखरेलले जानकारी दिए ।

लक्ष्मीनिया गाउँपालिकाको वडा ३ सपहीमा रहेको सिटीइभिटीको भवन अत्याधुनिक तथा सुविधासम्पन्न छ । उक्त भवनमा एकसय वटासम्मको आइसोलेसन श्यया निर्माण गर्न लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा अहिले ३० भन्दा बढी बिरामी उपचारमा रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button