पर्सामा चट्याङ लागेर एक जनाको ज्यान गयो,, एक घाईते



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पर्साको एकटाँगामा आज बिहान चट्याङ लागेर परिचय खुल्न नसकेको एक जनाको ज्यान गएको जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
तर स्थानीय बासीका अनुसार मृत्यु भएका स्थानीय ४२ बर्षीय रामबाबु महतो रहेको बताएका छन् । आँप टिप्न रुखमा चढेको समयमा आएको हावाहुरी र चट्याङले उनको ज्यान गएको स्थानीयको भनाइ छ ।
चट्याङ लागेर अर्का व्यक्ति लालबाबु महतो घाइतेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button