प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा रौतहटका एकजना वडाअध्यक्षय पक्रउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा रौतहटका एकजना वडाअध्य पक्रउ परेका छन ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका–४ का वडा अध्यक्ष पवनराज गिरि रहेका छन ।


भारतको विभिन्न स्थानबाट बिहिवार साँझ आएका ७८ जनालाई उपमेयर रौषन खातुन शेखले सिम्राभवानिपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडाअध्यक्ष गिरिले माबी कनकपुरमा लग्न भनी अडान राखेपछी शुक्रबार साँझ विवाद हुँदा ।
सिम्राभवानिपुरस्थित क्वारेन्टाइनमा लग्ने क्रममा उपमेयर शेख र वडाअध्यक्ष गिरिबीच भनाभन भएको स्थानीय शेख बदरुदिनले बताए ।

लगत्तै प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिसोर साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले भीड नगर्न र सिम्राभवानिपुर क्वारेन्टाइनमा बाहिर बाट आएकालाई लैजान भनेपछि वडाअध्यक्ष पवनराज गिरि पक्षका मानिसहरुले प्रहरीटोलीमाथि ढुङ्गा मुढा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
आक्रमणमा प्रहरी निरीक्षक साहको देब्रे हातमा चोट लागेको र मोबाइल समेत फुटेको छ ।
प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडा अध्यक्ष गिरि पक्राउ परेको र अर्का एकजना फरार भएका छन घटनाबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button