१२ किलो अवैध लागुऔषद गाँजासहित सर्लाहीबाट २ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
सर्लाही प्रहरीले १२ किलो अवैध लागुऔषद गाँजासहित सर्लाहीबाट २ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ३ का ३० वर्षीय तौसिफ राजा मिकनारी र ३१ वर्षीय अजमल मिकनारी रहेका छन ।

दुवैजनाले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाई छिपाई ल्याइरहेको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो ।
उनीहरुलाई गाँजा सहित मलंगवा नगरपालिका(६ खुटौनाको नहरबाट नियन्त्रणमा लिएको प्रदेश २ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराज सापकोटाकाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button