१२ लाख बराबरको को अवैध मदिरा लोड गरिएको ट्रक सहित मण्डल पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
ठूलो परिमाणमा मदिरा अनलोड गरी गोदाममा राख्दै गरेको अवस्थामा जनकपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।


ना.२ ख ८२७९ नम्बरको ट्रकबाट अबैध रुपमा मदिरा अनलोड गरी गोदाममा राख्दै गरेको अवस्थामा वडा नं. ७ स्थित माछा बजार नजिकबाट मदिरा अनलोड गरिएको ट्रक सहित वडा नम्बर ४ बस्ने उमेश मण्डलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लकडाउनको समयमा सरकारले मदिरा जन्य पदार्थको ओसार पोसार तथा विक्री बितरणमा रोक लगाएपनी१२ लाख भन्दा बढी मूल्य बराबरको मदिरा भित्रियाएको भन्दै प्रहरीले मदिरा मगाउने मण्डलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त ट्रकबाट करिब ११ लाख ५० हजार मूल्य बराबरको दिलबाला, ३० हजार मूल्य बराबरको हाईलाईण्डर, ३२ हजार मूल्य बराबरको गोल्डेण सहारा र १० हजार मूल्य बराबरको व्लु रागर मदिरा नियन्त्रणमा लिई कार्वाहीकालागि जिल्ला प्रशासन कार्यालय पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button