महोत्तरीमा १७ जना कोरोना संक्रमित थपिए ,,संक्रमितको संख्या २६ पुग्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीमा बिहीबार १७ जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २६ पुगेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण फेला परेको बताए ।
१६ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । बिहीबार पुष्टि भएका सबै संक्रमितहरु भारतबाट आएका हुन । १२ जना जलेश्वरको राविम क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका तथा ५ जलेश्वरका स्थानिय रहेका छन् ।

संक्रमितमध्ये पाँच जनाको कोरोना अस्पताल जलेश्वर दुई जना काठमाडौंस्थित सशस्त्र प्रहरीको कोरोना अस्पताल र २ जनाको करोना अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button