प्रदेश २ मा १३ प्रहरीलाई कोरोना संक्रमण



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्बर २ मा कार्यरत १३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक सप्तरीका बोदेबरसाईन नगरपालिकाको चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।


जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीका अनुसार यसअघि नै सप्तरीका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै, बारामा कार्यरत सातजना प्रहरी कोरोना संक्रमित भेटिएका छन् । धनुषामा पनि दुई प्रहरी कोरोना संक्रमित भएका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुवेर्दीको सुरक्षा गार्ड र चालक गरी दुईजनामा कारोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button