गणतन्त्र दिवसको अवसरमा २४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्ति अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेकी छिम । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी गरीएको छ ।


राष्ट्रपतिबाट रामबहादुर भन्ने रमेश विश्वकर्मा सहितका २ सय ३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भरेको छ ।

यसैगरी आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button