घरको छत ढलान गर्ने क्रममा चट्याङको झट्का, एक मजदुरको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा बुधबार एक मजदुरको ज्यान गएको छ।


ज्यान जानेमा कमलामाई नगरपालिका( ४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन । कमलामाई नगरपालिका( ६ रातमाटास्थित एक घरको तीन तलामाथि ढलान गर्ने क्रममा चट्याङ लाग्दा उनी छतबाट खसेका थिए।

खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button