सीमामै प्रहरीले रोकेपछी धनुषाको जटही नाकामा तनाव



मेरो प्रदेश सम्वाददाता
धनुषा
भारतबाट आएका नेपालीलाई सीमामै प्रहरीले रोकेपछी धनुषाको जटही नाकामा तनाव भएको छ । भारतबाट आएका नेपालीको भीडले नेपालतर्फ ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।


सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले एम्बुलेन्समा समेत तोड्फोड गरेका छन् ।

उनीहरूले एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोड्फोड गरेका छन ।
भारततर्फ रहेका ती बिरामीको अवस्थाबारे विभिन्न हल्ला चले पनि खुल्न नसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला जानकारी दिए ।

उनका अनुसार २ सयभन्दा बढी भीड नाकामा जम्मा भएपछि व्यवस्थापन गर्न कठिन भएको र ‘एकैपटक धेरै मानिस भारतबाट आएपछि समस्या भएकाले तिनको व्यवस्थापनबारे छलफल भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button