रक्सौलमा अलपत्र परेका नेपालीलाई वीरगञ्ज भित्र्याइर्दै



मेरो प्रदेश सम्वाददाता
पर्सा


लामो समयदेखि भारतको रक्सौल नाकामा अलपत्र परेका नेपालीहरुलाई वीरगञ्ज ल्याउने काम शुरु गरीएको छ ।

रक्सौलमा करिब ३५० जना नेपाली रहेका मध्ये
अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्री सकेका छन् । बिहानैदेखि वीरगञ्ज भित्रिएका नेपालीहरु पर्सा लगायत २५ जिल्ला भन्दा बढी ठाउँका छन् ।

पर्सा र काठमाडौं बाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइरहेको छ । पर्सा र काठमाडौंका नागरिकलाई भने वीरगञ्जका विभिन्न स्थलमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

रक्सौलमा अलपत्र परेका सबै नेपालीहरुलाई नेपाल भित्र्याउने काम भईरहेको सहायक प्रजिअ बस्नेतको भनाई छ ।
बस्नेतले भने, ‘काठमाडौंका २ जना छन् । उनीहरुलाई अहिले नपठाउनू भन्ने कुरा आएको छ । त्यसैले उनीहरुलाई वीरगञ्जकै क्वारेन्टाइनमा राख्छौं । बाँकी अन्य जिल्लाकालाई उतै क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित जिल्लाका प्रजिअसँग समन्वय भइसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button