बुवाको हत्या गर्ने छोरा पक्राउ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धालाई आफ्नै कान्छा छोराले धारिलो हतियार प्रहारगरी हत्या गरेका छन ।
बसबरिया गाउँपालिका–५ धनगढा घर भएका ७५ वर्षीय रामअधिन रायलाई गएराती आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा उनकै कानछा छोरा विनोद रायले धारिलो हतियार प्रहारगरी हत्या गरेकोे सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । बिनोदले घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्या गरेका हुँन ।


बुबालाई हत्या गरेपछी ४० वर्षीय विनोदलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा बुधबार बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिए । जग्गा जमिनको विषयलाई लिएर आफ्नो कान्छो भाइ मदिरा सेवन गरेर पटक–पटक बुबालाई गाली बेइज्जती र कुटपिट गर्दै आएको मृतका जेठो छोरा रामविश्वास रायले जानकारी दिए ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाको टोली पुगेर शवलाई जिल्ला अस्पताल मलङ्गवमा शव परीक्षणका लागि लगिने तयारी भइरहेको गापा अध्यक्ष रायले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button