कोरोना निको भएपछि नारायणी उपक्षेत्रीय अस्पतालबाट २१ जना डिस्चार्ज



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा गत वैशाख २७ र ३० गते भर्ना गरिएका
दुई बालबालिकासहित २१ जना मंगलवार राती डिस्चार्ज भएका छन् । उपचार पश्चात कोरोना निको भएपछि २१ जनलाई डिस्चार्ज गरि घर पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।


डिस्चार्ज हुनेमा १६ पुरुष र ४ महिला छन् । उनीहरु सबै वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् । पछिल्ला २४ घण्टामा दुई पीसीआर परीक्षणका रिपोर्ट निगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button