रौतहटका दुई स्थानीय तहमा निषेधाज्ञा



मेरो प्रदेश सम्वाददाता
रौतहट
जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित ईशनाथ र राजपुर नगरपालिकालाई निषेधाज्ञा जारी गर्दै सिल गरेको छ ।


जिल्लाका ईशनाथ र राजपुर नगरपालिकामा कोरोनाबाट अत्यधिक प्रभावित तथा सबैभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।
दुबै नगरका सम्पूर्ण आवागमन तथा व्यापारिक गतिविधिलाई अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
जिल्लाको अन्य भागमा सर्वासधारणको चहलपहल बढेको भन्दै स्थानीयले लकडाउनलाई कडा बनाउन माग गरेका छन् । प्रजिअ घिमिरेले तत्कालको लागि दुई नगरपालिकालाई सिल गर्दै निषेधाज्ञा जारी गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button