प्रदेश सरकारले खरिद गरेको रियल टाइम पीसीआर मेसिन प्रदेशिक अस्पताल जनकपुरमा सञ्चालनमा



मेरो प्देश सम्वाददाता
धनुषाा
प्रदेश सरकारले खरिद गरेको दुईवटा रियल टाइम पीसीआर मेसिन प्रदेशिक अस्पताल जनकपुरमा सञ्चालनमा आएको छ । दुई मेशिनमध्ये सोमबारदेखी एउटा जनकपुरमा सञ्चालनमा आएको हो । सञ्चालनमा आएको सो मेशिनबाट एकपटकमा ९६ वटा स्वाबको नमूना परीक्षण हुने प्रादेशिक प्रयोगशालाले जनाएको छ । एक दिनमा तीनपटकसम्म परीक्षण गर्ने क्षमता सो मेसिनको छ ।


दोश्रो मेसिन राजविराजमा सञ्चालनमा आउन लागेको छ ।

जनकपुरमा रियल टाइम मेशिन सञ्चालनमा आउनासाथ प्राविधिक टोली जनकपुरबाट राजविराज पुगेर अर्को मेसिन सञ्चालन गर्ने भएको छ ।
रियल टाइम पीसीआर मेसिन जडान भएपछि अब कोरोना परिक्षणको गति बढ्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button