धनुषामा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गयाे



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान जमनेमा सबैला नगरपालिका १२ रघुनाथपुर निवासी ४२ बर्षिय सुमित्रा देवी साह तेली रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।


सोमवार साँझ हावाहुरी आएपछी हतारहतार खेतबाट फर्किरहेकी सुमित्रालाई नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यू भएको स्थानीयले बताएका छन् ।

ठक्करदिने ट्याक्टर चालक स्थानीय सम्भु सदालाई प्रहरीले पक्राउ गरको र शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button