प्रदेश सरकारले नारायणी अस्पताललाई ्स्वास्थ्य सामाग्री सहित २५ लाख रुपैयाँ दियो



मेरो प्रदेश सम्वाददाता
पर्सा
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजलाई सोमवार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गरेका छन ।


राउतले हस्तान्तरण गरेका सामग्रीहरुमा भिटिएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानीटाइजर २५ लिटर, पिपिई ३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ । मुख्यमन्त्री राउतले संक्रमितहरुको खाना र खाजाको लागि प्रदेश २ सरकारले निर्णय गरे अनुसार २५ लाख रुपैयाको चेक समेत हस्तान्तरण गरेका छन ।
यस अघि प्रदेश सरकारले अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउनुका साथै मेसिन संचालनका लागि ५० लाख रुपैया उपलब्ध गराएको थियो । कोरोना महामारीले प्रदेशमै सबै भन्दा बढी प्रभावित रहेको पर्सा र बारा जिल्लाको संक्रमितहरुको उपचारमा समस्या हुन नदिन तथा सम्भावित संक्रमितको पहिचानमा कमि हुन नदिन नारायणी अस्पताललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको बताईएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणकोलागि प्रदेश सरकारले आफनो क्षमता अनुसारको पहलमा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाएका छन । उनले प्रदेश सरकारले घोषणा गरे अनुसार जनकपुर, विरगंज र राजविराज बाट कोरोना परीक्षणको लागि पिसिआर मसिन जडान गरेको र थप पिसिआर मेसिनको लागि पहल समेत गरेकोे बताए । राउतले विरामीहरुको संख्यामा वृद्धि भए पछि विरगंज र जनकपुरमा थप आइसोलेशन बेड निर्माणको प्रक्रिया समेत शुरु गरि सकेको जानकारी दिदै प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेशन बेड निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताए । उनले त्यसकालागी थप जनशक्ति पूर्ति गर्ने काम समेत गरि सकेको प्रस्ट पारे ।

प्रदेशमा २ मा भारत लगायत अन्य अन्यमुलुकबाट आउने नागरिकहरुकोलागि नेपाली सेनाले संचालन गर्ने गरि विरगंजमा ५ सय सैयाको होल्डिङ्ग क्वरेन्टाइन, बारा र सप्तरीमा ५÷५ सय सैयाको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भै सकेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button