उदयपुरमा एक महिला घरमै मृत फेला

मेरो प्रदेश सम्वाददाता
उदयपुर
उदयपुरको रौतामाई गाउँपालिका ८ की ४३ वर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आज विहान आफ्नै घरमा मृत फेला परेकी छिन् ।
तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले उनकै श्रीमान ५२ वर्षे बिष्णु तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।