सर्लाहीमा पोखरीमा डुबेर २ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सलाहीको छुट्टाछुटै स्थानमा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–६ कामद्माको पोखरीमा डुबेको एक युवकको शव फेला परेको छ । शव सोही स्थानका दुलार मुखियाको रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।


त्यसैगरी सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान पोखरीमा डुबेर मृत्यु भएकोे प्रहरीले जनाएको छ । घरनजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा बालिका डुबेको स्थानीयले बताएका छन । बालिकाको शव परीक्षणपश्चात परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुलार मुखियाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । शवको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button