जलेश्वरमा एकै परिवारका ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको जलेश्वर नगरपालिका स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा आईतबार आरडिटी परिक्षण परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।


परीक्षणमा एकै परिवारका ५५, २६ र १६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ देखिएपछि तिनैजनालाई जलेश्वर स्थित जिल्ला अस्पतालमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।

निर्माणाधिने कोरोना विशेष अस्पतालमा संक्रमित आएपछि अस्पतालमा कार्यरत्त चिकित्सकहरु समेत त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button