जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे

मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरमा उपचाररत एक जना कोरोना संक्रमित अस्पतालबाट फरार भएका छन् ।
जनकपुरको नर्सिंग क्याम्पसस्थित कोरोना भाईरस (कोभिड १९) अस्पतालमा उपचारकालागि भर्ना गरीएका मानसिक सन्तुलन गुमाएका
धनकौलका ४५ वर्षीय पुरुष आइतवार विहान करिब ३ बजे अस्प्तालबाट फरार भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार मानसिक सन्तुलन गुमाएका उनलाई बाहिरबाट ढोकाको चुकुल लगाएर लक गरी राखिएको थियो ।
तर सबैजना सुतेर निदाएकोे अवस्थामा बलप्रयोग गरेर चुकुलको स्क्रु खोली उनी फरार भएको बताइएको छ । यसअघि पनी उनीले पटक पटक भाग्ने प्रयास गरेपछि बाहिरबाट चुकुल लगाएर उनलाई कोठाभित्र बन्द गरी राखिएको थियो ।
उनको खोजी कार्य भैरहेको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।
गएको वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछी उनलाई जेठ १ गते सर्लाहीबाट जनकपुर ल्याई नर्सिंग क्याम्पसस्थित रहेको कोभिड अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो ।
जनकपुरमा क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्दा उनलाई संक्रमण भएको पुष्टि भएपछि कोरोना अस्प्तालमा राखिएको थियो ।