सरकारले ईद पर्वको अवसरमा दिएको सार्वजनिक बिदा सच्यायो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले मुस्लिम समुदायका नागरिकलाई ईद पर्वको अवसरमा दिएको सार्वजनिक बिदा सच्याएको छ ।
गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर ईदको बिदाको दिन सच्याइएको जानकारी दिएको छ । सरकारले अब ईदको सार्वजनिक बिदा सोमवार दिइएको गृह मन्त्रालयले संशोधित सूचनामा जनाईएको छ ।


यसअघि जेठ ११ गते अर्थात आजको दिनमा ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । यसैगरी मुस्लिम आयोगले मुस्लिम धर्मावलम्बीको इद–उल–फित्र पर्वमा घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

इदका दिन मस्जिदमा जाने तथा सामूहिक नमाज पढ्ने काम यसपटक नगर्न आयोगले अनुरोध गरेको हो । आयोगका अध्यक्ष समिम मिया अन्सारीले भीडभाड नगरी घरमै बसेर नमाज पढ्न अनुरोध गरेका हुँन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button