गौशलाको क्वारेन्टाईनमा बसेकाहरु भोकभोकै बस्न बाध्य

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टाईनमा राखिएका २५ जना २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै छन् ।भारतको चेन्नइ, हरियाणा तथा चन्डिगढ लागायतका स्थानबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ । एक स्थानीयवासीले भने, “क्वारेन्टिनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेपनी गौशला नगरपालिका—२ का वडाध्यक्ष शेख सलामले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टा सम्म पनि खानाको बन्दोबस्त हुन नसकेको गुनासो गरे ।
वडाध्यक्ष शेख सलामले क्वारेन्टाईनमा भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उनले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गने ।
भारतबाट नेपाली नागरिकको आउने क्रममा वृद्धि भएपछि नगरपालिकाले उनीहरुलाई शुक्रबारदेखिे मावि निगौलको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको थियो ।