कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ निको भई डिस्चार्ज



मेरो प्रदेश सम्वाददाता
पर्सा
कोरोना संक्रमित भइ पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराईरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७९ पुगेको छ । आज संक्रमण निको भएर डिस्चार्ज हुँनेमा १९ बर्ष देखि ५१ वर्षसम्मका पुरुष छन् ।


उनिहरु बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् । यसैगरी एक जना भारतीय नागरिक रहेको बताईएको छ ।

यसअघि पर्साका ३, रुपन्देहीका १, उदयपुरका २३, बाँकेका २, काठमाडौंका ९, कैलालीका ४, रौतहटका १, बागलुङका २, चितवनका २, झापाका २ तथा भोजपुर र कञ्चनपुरका १–१ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु समेत भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button