पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुकोे शुक्रबार बेलुका ८४ वर्षको उमेरमा निधन भएको छ । तीन दिनअघि अकस्मात मस्तिस्काघात भई अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएकोपरिवारिक स्रोतले जनाएको छ ।
उनले २०५८ सालदेखि २०६३ सालसम्म ५ वर्ष सर्वोच्चको न्यायाधीश रहेर काम गरेकी थिईन । सिंहकी श्रीमान र एक छोरा छन् । उनको आजै दाहसंस्कार गर्ने तयारी भइरहेको छ ।