राँगाको आक्रमणबाट एक महिलाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा राँगाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा बृन्दावन नगरपालिका वडानम्वर २ की ४० वर्षीया रामकली पाश्वान रहेकी छिन ।
पाश्वान शुक्रवार साँझ बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्रबाट दाउरा बोकेर घर तर्फ जाँदै थिईन घर जाँदै गर्दा एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रौतहटको पूर्वीभेगका वनबाट जोडिएको सर्लाही जिल्लाका तस्करहरुले वनबाट काठ तस्करी गर्न राँगाहरु प्रयोग गर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button