गेष्ट हाउसमा लुकेर जुवा खेलिरहेका ५ जना जनकपुरबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला बिहारी ननगरपालिका–७ बस्ने बर्ष ५६ का किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका–८ का बर्ष ५५ का बिल्टु बरही, वडानम्बर १३ बस्ने बर्ष ३५ का मोसतकिङ राईन, बर्ष ४७ का जसिन कवाडि र बर्ष ३४ का रमेश साहु रहेका छन ।
जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रहरीले जुवाको खालबाट २ लाख ७ हजार ५ सय २५ रुपैँया सहित पाँचैजनालाई हिरासतमा लिइ जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान गरीरहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button