रौतहटमा करेन्ट लागेर एक युवकको ज्यान गयो ,, अर्का एक जना गम्भीर घाइते

मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा कटहरिया नगरपालिका निवासी ६ हरि सहनी रहेका छन ।
देवाही गोनाही नगरपालिका ६ का राम अयोध्या ठाकुरको आँगनमा ट्युबवेल गाड्ने क्रममा फलामको पाइपले तार छुन पुग्दा सहनीको घटनास्थलमै मृत्यु भएको हो
यसैगरी ट्युबवेल गाड्ने क्रममा स्थानिय मोति सहनी गम्भीर घाइते भएका छन् । घाइते सहनीको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार भईरहेको छ ।
घटनापछि ट्युबवेल जडान गराउने ठेकदार कटहरिया ६ फतेपुरका जावेद मियाँ फरार भएका छन् ।
मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाबारे अनुसंधान भइरहेको
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए।