जनकपुर र राजविराजमा नयाँ पिसिआर मेसिन आयो, सोमवारदेखी सञ्चालनमा आउने



मेरोप्रदेश सम्वाददाता
धनुषा


प्रदेश २ सरकारले दुईवटा नयाँ पिसीआर मशिन मेसिन खरीद गरेको छ ।

जनकपुरधाममा रहेको पिसीआर मशिनले पटक पटक धोका दिएपछि प्रदेश २ सरकारले दुईवटा नयाँ मेसिन खरीद गरेकोे हो । ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने मेसिनको क्षमता रहेको प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले जनाकारी दिए ।

मन्त्री परिषदले जनकपुरधाम, विरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरे पछी जनकपुर र राजविराजको लागि पिसिआर मेसिन खरिद गरिएको हो । जनकपुरधाम स्थित पशुरोग अन्वेशन प्रयोगशालामा आरटी पिसिआर मेसिन संचालनमा ल्याइने छ भने राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याव संचालन गरिने भएको छ ।

अगामी सोमवार देखी दुबै आरटि पिसिआर संचालनमा आउने गरी दुबै स्थानमा मेसिन जडानको काम समेत शुरु भइसकेको छ । त्यसैगरी विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पिसिआर जडान भई यस अघि नै संचालनमा आइ सकेको छ ।

प्रदेश २ सरकारले उपचार, तथा परिक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख र बीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा गरेको छ ।

प्रदेश सरकारले नेपाली सेना द्वारा संचालन हुने गरि राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यसै गरि विरगंजमा विदेशबाट आउने नागरिक लाई राख्न ५ सय बेडको होल्डिङ्ग क्वारेन्टाइन नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था समेत गरेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीब्र वृद्धि भइ रहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्गदर्शनका लागि अभिमुखी संचालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button