रैथानेद्ववारा भारतिय नागरिक फिर्ता पठाउन माग



बिजय शाह
ढल्केबर
जनकपुर। रैथाने एकता परिषद्ले नेपालमा रहेका भारतिय नागरिकलाई फिर्ता पठाउन आबस्यक कुटनितिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले एक बिज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना यथाशिघ्र आबस्यक पहल गर्न भारत सरकारसँग समेत आग्रह गरेका छन् ।
रोजगारमा रहेका प्रदेश दुईका आठ जिल्लामा मात्रै करिब सवा एक लाख भारतिय नागरिक लकडाउनका कारण बिलखबन्दमा परेको उल्लेख गर्दै यस बिषयमा नेपालस्थित भारतिय दुतावासको ध्यानाकर्षण समेत गराईन्छ , बिज्ञप्तिमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button