महोत्तरी लगाएत तराईका जिल्लाहरुमा भोली वर साबित्री पर्व मनाईदै



राधाकृष्ण शर्मा
बर्दिवास


श्रीमानको दिर्घायुको कामना गर्दै महोत्तरी लगाएत तराईका बिभिन्न जिल्लाहरुमा भोली बर साबित्री पर्व मनाइदैछ । हिन्दुधर्मालम्बी महिला हरुले जेष्ठ कृष्ण आँैशीका दिन मनाउने यो पर्वमा खास वरको रुखमा पुजा गरेर मनाईन्छ ।

यो पर्वमा बाँसबाट निर्मीत डालो अर्थात चङेरा र बाँसबाटै निर्मीत हातेपंखा अर्थात बेना को बिशेष महत्व रहेको छ ।
ब्रतालु महिलाहरुले चङेरा अर्थात डालोमा हातेपंखा ,बिभिन्न किसीमका फलफुल , लड्डु , पान , सुपाडी , फुल, अक्षेता , चना ,केराउ , पहेलो धागो , दियो कलश आदि सामान जुटाई वरको रुखमा धागोले बाँधेर पंखा माथि वरको पातमा फलफुल चढाई पुजा गर्ने गर्दछन ।
वरसाबित्री पर्व ब्रत बसी वरको रुखमा पुजा गर्नाले अफ्नो वर अर्थात श्रीमान को आयु लामो हुँने धार्मिक जनविस्वास रहिआएको छ ।
यो ब्रत विवाहीत महिलाले मात्र लिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button