सिरहाका ७० जनाको स्वाब सङ्कलन



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा गत जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछी उनको कन्ट्याक ट्रेसिङको आधारमा ७० जनाको बुधबार स्वाब सङ्कलन गरिएको छ ।


चिकित्सकको टोलीले कोरोना सङ्क्रमित ती युवकका परिवारका सदस्य, साथीभाइ तथा कन्ट्याकमा आएका ७० जनाको बुधबार स्वाब सङ्कलन गरिएको थियो। जिल्लाको भगवानपुर, नवराजपुर र बरियारपट्टीलगायत स्थानको क्वारेन्टिनमा रहेका समेत गरी २ सय १९ जनाको स्वाब सङ्कलन गरिएको छ ।
कोरोना सङ्क्रमित युवकको सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती युवकमा कोरोना सङ्क्रमण भेएिपछि गाउँपालिकाको समन्वयमा प्रशासनले युवक गाउँ र त्यसआसपासको क्षेत्रलाई सिल गरेको थियो । साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लामा अनिश्चितकालिन निषेधज्ञासमेत जारी गरी चारैतर्फको सीमा बन्द गरिएको छ ।
गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले सिरहाको एक मात्र कोरोना सङ्क्रमित ती युवकको गाउँको निरीक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button