मंगलबार सर्लाहीमा थपिएका कोरोना संक्रमित बागमती र हरिवनका



मेरो प्रदेश सम्वाददाता
सर्लाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीका दुईजना कोरोना संक्रमित मध्ये एकजना सर्लाहीको बागमती नगरपालिका ९ निवासी ३४ वर्षीय पुरुष र अर्का उदयपुर जिल्ला घर भई हाल हरिवन नगरपालिका ९ नयाँरोड डेरा गरी बस्ने ३१ वर्षे पुरुष रहेका छन ।


दुवैजनाले काठमाडौंस्थित टेकु अस्पतालमै गएर स्वाब दिएका थिए। संक्रमित उनीहरुको ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। बागमती ९ का संक्रमित पुरुष पाँच दिनअघि बिरामी ठूलीआमालाई लिएर काठमाडौ उपचार गराउनं गएका थिए। उनीसँगै उनका भाइ पनि रहेका बागमती नगरपालिका ९ का वडाध्यक्ष रामबावु दासले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button