डुबेर बेपत्ता भएका दुई युवकको शव फेला



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । पौडी खेल्नेक्रममा फिक्कल गाउपालिका –४ कुईभिर स्थित सुनकोशी नदीले बगाएर गत जेठ ४ गते आईतवार बेपत्ता भएका दुई युवकको शव बेपत्ता भएको दुई दिन पछि फेला परेको हो ।


सुर्खेत पन्चकोटी नगरपालिका ७ निवासी बर्ष १९ को दिनेश बुढा र सोही ठाउँका २० बर्षिया जनक बुढा क्षेत्रीको शव फेला परेको हो । १९ बर्षिया दिनेशको शव घटना स्थलबाट ५ किलोमिटर पुर्व फिक्कल गाउपालिका –५ नारिम खोलाको दोभानमा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । २० बर्षिया जनकको शव समयमा घटना स्थलबाट करिव ३ किलोमिटर पुर्ब फिक्कल गाउपालिका –५ पंचकन्या स्थित सुनकोशि नदीको किनारमा फेला परेको हो ।

सात जना प्रहरी टोली र स्थानियको खोजी कार्यपछि दुई युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button