लुटपाट मच्चाउने भूमिगत समूहका एकजना पक्राउ

मेरो प्रदेश सम्वाददाता
भनुषा
मोटरसाइकल लुटपाटगरी ४ वर्षअघि गोली हानेर फरार भएका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–७, का ‘चाणक्य’ उप नाम गरेका विजय यादव छन् । बिषेश सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट खटिएको प्रहरी निरीक्षक उमेशमान अमात्य नेतृत्वको टोलीले उनलाई घरमै लुकेको उवस्थामा पक्राउ गरेको हो ।
यादवले ०७३ फागुन १ गते सिरहाको कल्याणपुर नगरपालिका–८, अरंगका लालु खानलाई गोली हानी घाइते बनाएका थिए । खान घाइते भएपछि उनको ना.३८प १३३४ नम्बरको मोटरसाइकलसहित फरार भएका थिए ।
यादव त्यस बेला सशस्त्र भूमिगत समूह मधेशी राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का सदस्य रहेको प्रहरी भनाइ छ ।
यादवलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।